1 Apr, 2025, Tue info@dccjumla.gov.np (+९७७)-०८७-५२०११४
/ जिल्ला समन्वय जुम्ला को संक्षित परिचय

जिल्ला समन्वय जुम्ला को संक्षित परिचय

अध्यावधिक मिति २०८१ फाल्गुण ८ गते बिहीबार

नेपालको इतिहासमा कर्णाली अंचलको छुट्टै पहिचान र महत्व हुदाहुदै पनि एकात्मक राज्य सत्ताको कारणले हालको विकराल स्थितीबाट गुर्जीनु परको यथार्थ सबैको सामु प्रष्ट छ । तथापी जुम्ला जती विकट, अभाव र पछौटेपनको रुपमा परिचित छ, त्यो भन्दा बढी यहाँको स्वच्छ भूमी र जलसम्पदा , कृषि, पशुपालन, फलफूल, जडिबुटी, र जैविक विविधताको विशिष्ट प्राकृतिक सम्पदाले भरिपूर्ण छ । विश्वकै सर्वोच्च उचाईमा उत्पादन हुने जुम्ली मार्सी धानले यस जिल्लाको पहिचान अन्तर्राष्ट्रियस्तरमा कायम राखेको छ भने नेपालको स्याउ खेती उत्पादनको हिसाबले पहिलो स्थान श्रेय पने जुम्लालाई छ । यसका साथै स्थानीय सिमी पनि जुम्लाको गरिमा बढाउने उत्कृष्त दाल बाली हो । यहाँको कृषि प्रणाली यद्दापि निर्वाहमुखी नै छ तर प्राङ्गारिक अवस्था छ । जुम्ला जिल्लाको प्रमुख अन्नवालीहरुमा मकै, कोदो, जौ, धान, गहुँ, कागुनो, चिनो, फापर, उवा हुन भने फलफूलमा स्याउ, ओखर, खुर्पानी, आरु, आरुबखडा पर्दछन् । सिमि, भट्मास, आलु, गाजर, केराउ, केशर , गुच्चे च्याउ, मौरी पालन, भेडा बाख्रा पालन व्यवसाय नगद आय आर्जनका उत्कृष्ट वाली हुन् । त्यसैगरी कम तौल र वढी

मुल्य भएका तरकारी बीउ उत्पादन खासगरी काउली, मुला, रायो, गाजर, स्वीसचार्ड यस जिल्लाका राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धि एवं तुलनात्मक लाभका बालीहरु हुन् । यी उपरोक्त बालीहरु जुम्लाबाट प्राङ्गारिक कृषि वस्तुको रुपमा निकासी गर्न सकिने संभावना छ । बखत हमाल 

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ फाल्गुण ८ गते बिहीबार