मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने कर्णली अञ्चलको पाँच हिमाली जिल्लाहरु मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हो । भौगोलिक रुपमा विकट र दुर्गम भए तापनि इतिहाँसमा जुम्ला जिल्लाको माहत्त्वपुर्ण पहिचान रहेको छ । नेपाल अधिराज्यको एकिकरण हुनु पूर्व वाइसी राज्यहरुको मुख्य केन्द्रको रुपमा रहेको जुम्ला नेपाली भाषा र सस्कृतिको उदगम स्थल पनि मानिन्छ । मध्यकालिन युगमा जुम्ला एक समृद्ध एवं शक्तिशाली राज्यको रुपमा रहेको तथ्य इतिहास अध्ययनबाट प्रष्ट हुन्छ ।
यस जिल्लाको सदरमुकाम रहेको खलंगामा सबभन्दा पहिले प्राचिनकालमा भारतबाट आएको चन्दननाथ बाबा सहित दुईजना ब्रम्हाचारीहरुले वस्ती बसाई कृषि र शिक्षाको प्रचार प्रसार गरेका थिए भन्ने लोकोक्ति रहेको पाइन्छ । उत्तर र पूर्वबाट दुईवटा नागरुपी जुम्लाहा डाँडा, तिला र जवा दुई जुम्लाहा नादीको संगम भएकोले यस जिल्लाको नाम जुम्ला रहन गएको किम्वदन्ती छ । यातायात, संचार र आधुनिकिकरणको दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर चम्किलो हिमाली चुचुराहरु, तालहरु र मनमोहक अनगिन्ती प्राकृतिक नदिहरुले सिंगारिएको जुम्ला प्राकृतिक सम्पदा र संस्कृतिको धनी जिल्ला मान्न सकिन्छ ।
जिल्लाको दीर्घकालीन सोच, सिद्धान्त, लक्ष्य र उद्देश्य
दीर्घकालीन सोच (Vision):
स्याउ, जडिवुटी, यातायात र पर्यटनद्वारा रोजगार ।
समतामुलाक समाज सहितको जुम्लाको विकास ।
जिल्लाको विकास लक्ष्य :
क) जनताको आर्थिक तथा सामाजिक स्तरमा उल्लेखनीय रुपमा सुधार गर्ने ।
ख) जिल्लाको विकास उद्देश्य : जिल्लाको समस्त श्रोत तथा साधनको प्रभावकारी प्रयोग गरी सवै वर्गहरुको विकासको प्रतिफलमा पहुँच हुने गरी दिगो विकास गर्ने ।
जिल्लाको दीर्घकालीन सिद्धान्त:
गरिवी निवारण गर्न जनकेन्द्रित विकासको अवधारणालाइ अंगिकार गरि समुदायमा आधारित योजनालाई प्राथमिकता दिइनेछ ।
वातावरण तथा प्राकृतिक श्रोत सम्पदाको संरक्षण, सम्वर्दन र समुरचित उपयोग गरि दिगो बिकासको अवधारणालाइ मूर्तरुप दिइनेछ ।
सुशासन र दिगो बिकासलाइ प्राथमिकता दिइनेछ ।
बिकासकको लागि अत्यावश्यक भौतिक पूर्वाधारहरुलाइ प्राथमिकता दिइनेछ ।
फलफुल (स्याउ) तरकारी तथा जडिबुटिलाइ व्यवसायीकारण गरि सो सम्वन्धी उद्योग स्थापनामा प्रोत्साहन दिइनेछ ।
महिला पुरुष समविकासमा जोड दिइनेछ।
स्थानीय निकायहरुलाइ सुशासनको प्रभावकारी कार्यकुशल र पारदर्शी बनाई आम जनतालाई सुशासनको प्रत्याभुति दिइनेछ ।
महिला, दलित, उत्पडित र पिछडिइका जातिको सक्रिय सहभागिता हुने खालका कार्यक्रमलाई प्रथमिक्ता दिइनेछ।
सरकारी, गैर सरकारी, नीजि क्षेत्र र समुदायको साझेदारी तथा कार्यगत एकतालाई प्रभावकारी बनाउन एकद्वार प्रणाली नीति अवलम्बन गरिने छ।
आयअर्जन बढाउने खालका बिकास कार्यक्रमहरुलाइ प्राथमिकता दिइनेछ ।
जिल्लको प्रमुख विषिशता
नेपालको इतिहासमा कर्णाली अंचलको छुट्टै पहिचान र महत्व हुदाहुदै पनि एकात्मक राज्य सत्ताको कारणले हालको विकराल स्थितीबाट गुर्जीनु परको यथार्थ सबैको सामु प्रष्ट छ । तथापी जुम्ला जती विकट, अभाव र पछौटेपनको रुपमा परिचित छ, त्यो भन्दा बढी यहाँको स्वच्छ भूमी र जलसम्पदा , कृषि, पशुपालन, फलफूल, जडिबुटी, र जैविक विविधताको विशिष्ट प्राकृतिक सम्पदाले भरिपूर्ण छ । विश्वकै सर्वोच्च उचाईमा उत्पादन हुने जुम्ली मार्सी धानले यस जिल्लाको पहिचान अन्तर्राष्ट्रियस्तरमा कायम राखेको छ भने नेपालको स्याउ खेती उत्पादनको हिसाबले पहिलो स्थान श्रेय पने जुम्लालाई छ । यसका साथै स्थानीय सिमी पनि जुम्लाको गरिमा बढाउने उत्कृष्त दाल बाली हो । यहाँको कृषि प्रणाली यद्दापि निर्वाहमुखी नै छ तर प्राङ्गारिक अवस्था छ । जुम्ला जिल्लाको प्रमुख अन्नवालीहरुमा मकै, कोदो, जौ, धान, गहुँ, कागुनो, चिनो, फापर, उवा हुन भने फलफूलमा स्याउ, ओखर, खुर्पानी, आरु, आरुबखडा पर्दछन् । सिमि, भट्मास, आलु, गाजर, केराउ, केशर , गुच्चे च्याउ, मौरी पालन, भेडा बाख्रा पालन व्यवसाय नगद आय आर्जनका उत्कृष्ट वाली हुन् । त्यसैगरी कम तौल र वढी मुल्य भएका तरकारी बीउ उत्पादन खासगरी काउली, मुला, रायो, गाजर, स्वीसचार्ड यस जिल्लाका राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धि एवं तुलनात्मक लाभका बालीहरु हुन् । यी उपरोक्त बालीहरु जुम्लाबाट प्राङ्गारिक कृषि वस्तुको रुपमा निकासी गर्न सकिने संभावना छ ।